कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।

०७९ सालको संघीय तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराउन सहयोग गरेको अभियोगमा पार्टीले खनाललाई निष्कासन गरेको हो ।

खनालमाथि कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरी र देवेन्द्रराज कँडेललाई चुनावमा असहयोग गरेको उजुरी परेको थियो ।

उक्त उजुरीको आधारमा पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाउँदै उनलाई निष्कासन गरेको हो ।

अनुशासन समितिका सभापति आनन्दप्रसाद ढुंगानाद्वारा जारी पत्रमा उल्लेख भएअनुसार, २०७९ को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाण भेटिएको बताइएको छ ।

समितिले खनालबाट स्पष्टीकरण मागेको थियो तर उनको जवाफ चित्तबुझ्दो नभएको निष्कर्ष निकालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =