रास्वपा उपसभापति वाग्लेमाथि छानविन गर्न काँग्रेस प्रमुख सचेतकको माग

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनैपनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने विषयलाई क्षमा दिन नसकिने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुनरो डक्ट्रिनको व्याख्या गरेको भन्दै यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।

के प्रसंगमा मनरो डक्ट्रिनको व्याख्या नेपालको सन्दर्भलाई जोडेर गर्नुभएको हो ? त्यो कुराको व्याख्या माग गरे । नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भएको जिकिर गरे ।

सार्वभौम सत्ता सम्पन्न राष्ट्रको विषयमा सदनको सदस्यले यस्तो अभिव्यत्ति दिँदा सरकार किन बेखबर भन्दै प्रश्न गरे । सरकारलाई सूचना भए राष्ट्रद्रोहको गम्भीर अपराधमा सरकार किन मौन बसेको भन्दै प्रश्न गरे ।

यसबारेमा छानविन गर्न माग गरे । उनले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदुतसँगको भेटमा नेपाल पनि भारतकै स्वायत्तता रुपमा रहेको र गर्दै नेपालले भारतले भनेको मान्नुपर्ने कुरा गरेको राष्ट्रिय टेलिभिजनमै भनेकाले यसबारे पनि गम्भीर बन्न जरुरी रहेको बताए ।

प्रमुख सचेतक घिमिरेले रास्वपाले वर्तमान संविधान परिवर्तन गर्न चाहन्छ वा हुबहु स्वीकार गर्छ ? यसको जवाफ चाहिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =