उत्तरपूर्वी स्पेनमा डढेलो, १८ हजार मानिस घरमै थुनिए

काठमाडौं । जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका ९ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् ।

क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् । आगलागीको कारण अझै स्पष्ट भएको छैन ।

पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन् । तापक्रम लगभग ३५ डिग्री सेन्टिग्रेड पुगेको छ । प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हावा चलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =