उद्योगधन्दा फस्टाउँदा देशको समृद्धि हुन्छ भन्नेकुरा राजनीतिक तहबाट बुझ्न जरुरी : उद्योगमन्त्री

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगधन्दा फस्टाउँदा देशको समृद्धि हुन्छ भन्नेकुरा राजनीतिक तहबाट बुझ्न जरुरी रहेको बताएका छन् ।

मंगलवार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उद्योग निजी क्षेत्रको हो, उद्योगी र व्यवसायीको हो भनेर सोच्दा अहिलेसम्म समस्या झेलिरहनुपरेको बताए । उनले व्यवसाय वृद्धि भयो भने जिडिपीमा यसको योगदान बढ्यो भने देश समृद्ध हुन्छ भनेर राजनीतिक तहबाट आवश्यक सम्बोधन हुन नसकेको बताए ।

नेपालको पुँजी बजारको झन्डै ८० प्रतिशत क्षेत्र निजी क्षेत्रको रहे पनि योगदान ५ प्रतिशत मात्रै रहेको बताए ।

उद्योगमन्त्री भण्डारीले भने ‘नेपालको पुँजी बजारको झन्डै ८० प्रतिशत क्षेत्र निजी क्षेत्रको छ । तर योगदान कति छ भन्दा ५ प्रतिशत छ । यसले समग्र देशको अर्थतन्त्र, उद्योग, देशको रोजगारी, देशको उद्यमशीलता, विकास, मार्गचित्र त्यहीँ केन्द्रित छ । यो स्थिति जबसम्म रहन्छ, निजी क्षेत्रले मात्रै सधैँ आफ्ना कार्यक्रममा सधैँ यिनै कुरा, यिनै माग, यिनै मुद्दा कति भन्दा दुई दशक भन्दा बढी यसको संस्थापक अध्यक्षज्यूबाट ती मागहरू उठ्दै गर्दा आज २२ वर्ष पूरा हुँदा पनि तिनै मागहरू तिनै मुद्दाहरू, तिनै सन्दर्भहरू, तिनै विषयहरू छन् । झनै प्रतिकुलता झेलिरहेको छ । यो निजी क्षेत्रको कुरा हो, उद्योगीको हो, व्यवसायीहरूको हो । उद्योग मेरो, राष्ट्रको हो । व्यवसाय वृद्धि भयो भने जिडिपीमा यसको योगदान बढ्यो भने देश समृद्ध हुन्छ भनेर राजनीतिक तहबाट जसरी सम्बोधन गर्नुपर्ने हो त्यो हुन सकेन ।’

मन्त्री भण्डारीले शासकीय प्रणालीभित्रको सुधारलाई निर्ममतापूर्वक सुधार गर्न नसकेसम्म उद्योग क्षेत्र फस्टाउन नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =