हितेन्द्रको सय दिने उपलब्धि : श्वेतपत्र जारीदेखि ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरणसम्म

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको बताएका हुन् ।

उनकाअनुसार स्वेत्तपत्रमा उर्जा सुरक्षा, विश्वसनीय विद्युत,नवीनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ । त्यस्तै, मानव स्रोत व्यवस्थापन गरिएको छ । सय दिने उपलब्धिमा उनले वितरण तथा ग्राहकतर्फ १० ओटा धेरै महसुल बुझाउने उद्योगीलाई सम्मान गरिएको बताए । जसबाट वृद्ध खपतमा वृद्धि आउने आशा व्यक्त गरे ।

कार्यकारी निर्देशक शाक्यले भने ‘डेडिकेटर लाइनसम्बन्धी विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधिमा चार्जिङ स्टेसनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ, ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ । स्मार्ट मिटरको उपलब्धतालाई बढाइएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको छ भने सबस्टेशनहरु तयार भएका छन् ।’

शाक्यकाअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुयाएको छ भने उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाई छ । त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उनले बताए ।

बाढीले त्रिशूली करिडोरका आयोजनाहरूमा असर पारेको बताए । उनकाअनुसार बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन् । त्रिशूली करिडोरका मात्रै करिब ६–७ वटा प्लान्ट बन्द अवस्थामा पुगेका छन् ।

शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उनले ठुलो क्षमताका आयोजना बन्द भएपनि देशभर विद्युत्को माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =