सिराहामा शिक्षकद्वारा १० छात्रामाथि यौन दुर्व्यवहार, सांसद थपलियाद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेकपा ९एमाले०की सांसद सम्झना थपलियाले सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएकी छन् ।

मंगलवारको प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थपलियाले विद्यालयका १० जना छात्रामाथि शिक्षक हरि श्रेष्ठले यौनजन्य दुर्व्यवहार गरेको भए पनि विद्यालय प्रशासनले कुनै कारबाही प्रक्रिया नथालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

उनले जिल्लाकै नमुना विद्यालय रहेको जनता नमुनामा पछिल्लो दश वर्षमा करिब १५ करोड अनुदान गएको भए पनि माध्यमिक शिक्षा परीक्षाको नतिजा समेत शून्य आएको बताइन् ।

लामो समयदेखि शारीरिक यौन हिंसामा परेका किशोरीहरू मानसिक रूपमा थलिएको उल्लेख गर्दै शिक्षकमाथि यथाशीघ्र कारबाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =