काँग्रेसले विपीको विचार बेचिसक्यो : ज्ञानेन्द्र शाही (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली काँग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठक मंगलवारको बैठकमा बोल्दै उनले संसदमा एक जनाले बोलेमात्रै उसको पनि विचार सुन्नुपर्छ भन्ने विपीको विचार काँग्रेसले बचेको भान भएको उनको टिप्पणी छ । ‘नेपाली काँग्रेसको सरकार छ भन्दापनि मलाई लाज लागेर आयो । किनभने प्रजातान्त्रिक सरकार हो प्रजातन्त्रको ओकालत गर्छौं भन्नेहरुले संसदमा एक जना मात्रै छ भने पनि उसको आजाव सुन्नुपर्छ भन्ने वीपी कोइरालालाई काँग्रेसले बेच्यो जस्तो लाग्यो मलाई’ उनले भने ।

भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको भएपनि सरकारले सुन्न नचाहेको उनको भनाइ छ ।

उनले आफूहरु सरकारविरोधी आन्दोलन नभई मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरु सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराए । ‘हामीले कयौं दिनदेखि संसदमा भिजिट भिसा प्रकरणबारे आजाव उठाइरहेका छौं । सरकारले सुन्न खोजिरहेको छैन । यो हामीले सरकारका विरुद्धमा गरेको गतिविधि होइन । यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो । यो संसदमात्र होइन सडकबाट पनि हुन्छ याद राख्नुहोला । भोलि तपाईकै मतदाताले सोध्नेछन्, भिजिट भिसाका कति पैसा कुम्ल्याउनु भयो ? भनेर के जवाफ दिनुहुन्छ ? त्यसकारण संख्याका आधारमा नभई अपराधका आधारमा छानविन समिति बनोस्’ उनले भने ।

उनले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + three =