नेपाली कांग्रेसको केन्द्रीय बैठक: संविधान संशोधनको एजेन्डा बनाउन कार्यदल गठन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधनलाई प्राथमिकता दिंदै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

१६ असारदेखि सुरु भई सोमबार राती सम्पन्न भएको बैठकले कांग्रेस र नेकपा (एमाले) बीचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रतिबद्धतालाई अगाडी बढाउन कार्यदल बनाउने भएको हो ।

बैठकको निर्णय सुनाउदै प्रवक्ता डा प्रकाश शरण महतले पार्टीले कार्यदल बनाएर संबिधान संसोधन गर्ने विषय पहिल्याउन कार्यदल बनाउने र कार्यदलले दिएको सुझावको आधारमा सत्ता साझेदार दलसंग छलफल गर्ने बताए ।

संबिधान संसोधनको विषयमा सत्ता साझेदार दल बाहेकका दलहरु सँग पनि छलफल गर्ने डा महतले जानकारी दिए । पार्टीले गठन गरेको कार्यदलले विधान निर्माणमा सहकार्य गरेका दल, विज्ञ, विशेषज्ञ र नागरिक समाजसँग संवाद गर्ने बताए ।

यस्तै बैठकले कृषि, व्यापार र सुन–चाँदी व्यवसायसँग सम्बन्धित समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रवक्ता महतका अनुसार, कृषि क्षेत्रका लागि रासायनिक मलखादको तत्काल व्यवस्था, वितरण प्रणालीमा सुधार, प्राकृतिक विषादी र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन, र रासायनिक विषादीको गुणस्तर नियमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने बताए ।

यस्तै, बैठकले सुन–चाँदीलाई विलासिताको वस्तुको रूपमा परिभाषित गर्ने नीति र कोटा प्रणाली खारेज गर्नुपर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

यस्तै सरकारले आन्दोलनरत र अनशनरत व्यवसायीहरूसँग अबिलम्ब वार्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएको पनि डा महतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =