रामकुमारीलाई कारबाही गर्न नेकपा समाजवादीसँग छैन आँट !

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीमाथि पार्टीले कारबाही गर्ने भनिए पनि अझै निर्णय नगरेको खुलासा भएको छ ।

एक सातादेखि जारी सचिवालय बैठकमा झाँक्रीलाई कारबाही गर्नेबारे कुनै निर्णय नभएको समाजवादीका एक नेताले जनाकारी दिए ।

असार १४ गते लुम्बिनीमा आयोजित युवा संघको भेलामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मरेको सिनोको संज्ञा दिएकी थिइन् ।

उनले नेपाल नेतृत्वबाट बाहिरिनुपर्ने र अर्ली महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

त्यसपछि पार्टीमा झाँक्रीमाथि बर्खास्ती वा चेतावनी दिने विषयमा विवाद उठेको हो । तर अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन ।

पार्टीका केही नेताहरू झाँक्रीलाई तत्काल बर्खास्ती गर्नुपर्ने पक्षमा छन् भने कतिपयले चेतावनी दिएर कारबाही गर्न नपर्ने धारणा राखेका छन् । पार्टी सचिवालय बैठक मंगलबार यस विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =