बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

नियमित कार्यसूचीअनुसार बोलाइएको बैठकमा सरकारका पछिल्ला कामकारबाहीको समीक्षा भइरहेको छ ।

स्रोतका अनुसार बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्तिसम्बन्धी प्रस्तावसहित केही अन्य नियुक्ति र निर्णयहरूसमेत पेस भएको बताइएको छ ।

बैठकमा हाल देशको समसामयिक राजनीतिक अवस्था, सरकारी सेवा प्रवाह, नीति कार्यक्रम कार्यान्वयनको प्रगति तथा संघीय–प्रदेश समन्वयका विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =