न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद् वरिष्ठ अधिवक्ता महेश कुमार नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कानुनविद् वरिष्ठ अधिवक्ता नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरेका हुन् ।

कानुनविद् वरिष्ठ अधिवक्ता नेपाल भोजपुर जिल्ला, भोजपुर नगरपालिका वडा नं. ८ का निवासी हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =