सात बुँदे समझदारी कार्यान्वयनमा समस्या छैन : महेश बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारी कार्यान्वयनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले दुई दलबीच गहिरो समझदारी कायम रहेको दोहोर्‍याउँदै सरकारमा अन्य दलहरू आउने–जाने प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

‘सात बुँदे समझदारीका सन्दर्भमा दुई दलका बीचमा कुनै समस्या छैन,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘संविधान संशोधनको विषयमा पनि दुवै दल निष्कर्षमा पुगिसकेका छन् । अब कुन विषयमा संशोधन गर्ने भन्नेमा आवश्यक छलफल हुने छ ।’

उनका अनुसार संसदमा सबै विषय आत्मगत र वस्तुगत दुवै पक्षलाई ध्यानमा राखेर अघि बढाउनुपर्छ । ‘कांग्रेस र एमाले संसदको १० वर्षे अवधि समीक्षा गर्दै संविधान संशोधन गर्नुपर्ने निष्कर्षमा पुगेका छन्, यो निर्णय नै पहिलो चरणको ठूलो उपलब्धि हो,’ उनले थपे ।

संविधान संशोधन प्रक्रिया संसदमा आवश्यक बहस र गणितीय समीकरणका आधारमा अघि बढाइने उल्लेख गर्दै उनले उपयुक्त समयमा सबै दलको सहमतिमा प्रक्रिया अगाडि बढाइने सरकारको प्रतिबद्धता दोहोरÞ्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =