कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानबिन गर्ने संसदीय समितिको संयोजकमा काँग्रेस सांसद परियार

काठमाडौँ । संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ ।

सभाको सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त घोषणा गरेका हुन् ।

समितिको संयोजक नेपाली काँग्रेसका सांसद जीवन परियार तोकिएका छन् ।

सभामुख घिमिरेका अनुसार समितिमा नेपाली काँग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =