देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए । उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे । अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो । कामकै लागि तीन मिलियन मान्छे बाहिर छन् । कामकै लागि गएका छन् । काम गर्ने जाति हो भनेर स्थापित छन् । अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो । चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ । आफैँ खाने बाहेक अरुले खुवाइदिन त सम्भव नै छैन । आफ्नो बन्दोबस्त आफूले गर्ने बाहेक अरु कुनैले बन्दोबस्त गर्ने सम्भावना नै छैन । त्यस्तो देशले विकास कसरी ग¥यो त रु बाह्य सहयोगले मात्रै विकास हुने होइन, आफ्नै पौरखले विकास हुने हो खासमा । तर हाम्रो देश विकास हुँदैन । यस्तो भूगोल छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा केही विपरीत कुराहरू भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =