अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।

सोमवार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे ।

पानीजन्य रोगहरूबाट बच्न पनि आग्रह गरे । पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै उनले नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र मात्रै नेपालको माया जाग्ने बताए ।

उनले भने ‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य बिमारीहरू पनि हुन्छन् । सबै दाजुभाइ, दिदिबहिनीहरु शतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ । यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामी भित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ ।’

पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरूको भीड देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =