प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो हालैको स्पेन भ्रमण र ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भएको सहभागिताका विषयमा आज जानकारी गराउने भएका हुन् ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न तय भएको छ । गत शुक्रबार स्वदेश फर्कनुभएका प्रधानमन्त्रीले आफ्नो साताव्यापी भ्रमणका उपलब्धि र अन्तर्राष्ट्रिय मञ्चमा नेपालले राखेका धारणाबारे सदनलाई विस्तृत रूपमा अवगत गराउनेछन् ।

एक साता लामो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले ुविकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनुलाई सम्बोधन गर्नुका साथै स्पेनका आफ्ना समकक्षी तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलगायत उच्च पदस्थ व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =