हूथी समूहद्वारा इजरायलमाथि हाइपरसोनिक मिसाइल आक्रमण, रक्षा प्रणालीले निस्क्रिय बनायो

एजेन्सी । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि हाइपरसोनिक ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

हूथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीमार्फत सार्वजनिक वक्तव्यमा समूहका सैन्य प्रवक्ता याह्या सारियाले मिसाइल इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार आक्रमणका कारण इजरायलमा केही समयका लागि हवाई यातायात अवरुद्ध भएको र सर्वसाधारण सुरक्षित स्थानमा लुकेका थिए । यद्यपि, इजरायली सुरक्षा अधिकारीहरूका अनुसार मिसाइल इजरायली रक्षा प्रणालीले नैक्षत्र बनाएको छ ।

सन् २०१४ देखि यमनको राजधानी सानालगायतका भूभागमा नियन्त्रण कायम गर्दै आएको हूथी समूहले गाजा युद्ध सुरू भएयता इजरायलमाथि नियमित आक्रमण गर्दै आएको छ ।

हूथीहरू यमनको उत्तर भागमा क्रियाशील, धार्मिक रूपमा जÞैदी शाखासँग जोडिएको सशस्त्र समूह हो । उनीहरूले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक पहिचानको लागि संघर्ष गर्दै आएका छन् ।

गाजा संकटका बीच प्यालेस्टिनीहरूप्रति समर्थन जनाउँदै नोभेम्बर २०२३ देखि इजरायलमाथि ड्रोन, मिसाइल र नौसैनिक आक्रमण गर्दै आएको यो समूहले यसपटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेको हो ।

हूथीहरू विरुद्ध साउदी अरेबिया नेतृत्वमा गठित सैन्य गठबन्धनले सन् २०१५ देखि यमनमा सैन्य हस्तक्षेप गर्दै आएको छ । सो संघर्षले यमनमा गम्भीर मानवीय संकट निम्त्याएको छ ।

यता, इजरायल र हमासबीच शनिबार मात्र कतारको मध्यस्थतामा बन्धक आदानप्रदान र युद्धविरामबारे वार्ता पुनः सुरु गर्ने सहमति भएको थियो। तर, त्यसको भोलिपल्टै इजरायलमाथि मिसाइल आक्रमण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =