लागुऔषध कारोबारीलाई पक्राउ गर्न हवाइ फायर
२०८२ असार २२ गते

काठमाडौं । मोरङको रंगेलीमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले शनिबार साँझ उक्त अभियान सञ्चालन गरेको थियो । प्रहरीले भाग्न खोजेका अभियुक्तहरूलाई नियन्त्रणमा लिन हवाइ फायर गर्नु परेको जनाएको छ ।
पक्राउ परेकाहरूको पहिचान र थप विवरण सार्वजनिक गरिएको छैन । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ असार २२ गते
प्रतिक्रिया








