रुपन्देही–३ मा स्वतन्त्र उम्मेदवारी दिने लेखनाथ गैरेको घोषणा
२०८२ असार २२ गते

काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
आईतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै गैरेले जनताको भावना, आत्मसम्मान र देशको कर्तव्य बोधबाट प्रेरित भई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएको जानकारी दिए ।
‘म कुनै पनि राजनीतिक दल निकट छैन,’ गैरेले भने, ‘अहिलेको आवश्यकता स्वतन्त्र उम्मेदवारी हो । रुपन्देही–३ का नागरिकहरूले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा पूर्ण ढुक्क छु ।’
गैरे बुटवल उपमहानगरपालिका–१९ निवासी हुन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहँदै आएका उनले शिक्षा, स्वास्थ्य र विकासलाई मुख्य चुनावी एजेन्डा बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको बताए ।
२०८२ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








