इस्ट जोन कपको उपाधि बिजेता नेपाली टोलीलाई राष्ट्रपतिले दिए बधाई
२०८२ असार २१ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेका नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडी, प्रशिक्षक, र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिँदै उनीहरूको उत्कृष्ट प्रदर्शन र प्रयासको सराहना गरे ।
नेपाली टोलीले मलेसियामा आज भएको फाइनल खेलमा सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको हो ।
२०८२ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








