फाइनलमा नेपालले टस हार्यो, सिंगापुरविरुद्ध पहिला बलिङमा उत्रियो
२०८२ असार २१ गते

काठमाडौं । साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेसियामा टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो । सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए ।
समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
२०८२ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








