इस्ट जोन कपको उपाधि रक्षा गर्न नेपाल भोली सिंगापुरसँग भिड्दै
२०८२ असार २० गते

काठमाडौं । साविक विजेता नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधि रक्षाका लागि शनिबार सिंगापुरसँग फाइनल खेल्ने भएको छ ।
मलेसियामा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार शनिबार बिहान ७ः४५ बजे सुरु हुनेछ ।
नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने सिंगापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
नेपाल र सिंगापुर दुवै एउटै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । त्यसै आधारमा नेपाल फाइनलमा केही आत्मविश्वासका साथ उत्रने अपेक्षा गरिएको छ ।
अघिल्लो संस्करणमा नेपालले मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपाल उपाधि जोगाउने लक्ष्यमा रहेको छ ।
२०८२ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








