आइतबार बजेटबारे निर्णय लिने तयारीमा मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटबारे महानगर प्रमुख बालेन्द्र शाहले आइतबार निर्णय लिने तयारी गरेका छन् ।

बजेट ल्याउने वा नल्याउने, कसरी ल्याउने भन्ने विषयमा आइतबार नै अन्तिम निर्णय हुने बालेन निकट स्रोतले जानकारी दियो ।

‘बजेटबारे निर्णय आइतबार मेयर आफैले फाइनल गर्दै हुनुहुन्छ,’ स्रोतले भन्यो ।

महानगरको बजेटमाथि चौतर्फी बहस चलिरहेका बेला आइतबारको निर्णयले आगामी गतिविधिको स्पष्ट दिशा दिने बालेन पक्षको दाबी छ ।

बजेट पेस गर्ने जिम्मेवारी कार्यपालिका प्रमुख (मेयर) को भए पनि संस्थागत विवाद र आन्तरिक असहमतिले यस वर्ष महानगरको बजेट प्रक्रिया अनिश्चित अवस्थामा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =