एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीतिमा मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताए । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताए । नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो रु सहजै भन्न सकिने अवस्था नरहेको बताए । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभई दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरूलाई परास्त गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने ‘नेपालको राजनीतिमा मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ । संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । म त्यो पार्टीको आन्तरिक कुरामा धेरै प्रवेश गर्न चाहन्न । तर म के भन्छु भने यो कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकैले प्रवृत्ति बोकेका छन्, भने यो प्रवृत्ति परास्त गर्नैपर्छ ।’

अध्यक्ष नेपालले कम्युनिष्टहरुको भविष्य अझै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =