जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गर्‍यो, चार खेलाडीलाई रिलिज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणको तयारी गर्दै जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गरेको छ ।

अघिल्लो संस्करणको च्याम्पियन टोलीले सामाजिक संजालमार्फत उक्त ७ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

रिटेन भएका खेलाडीहरूमा प्रमुख खेलाडी आसिफ शेखसँगै अनिल कुमार शाह, ललित राजवंशी, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापा समावेश छन् । यी खेलाडीहरूलाई आगामी सिजनमा पनि जनकपुर बोल्ट्सको टिममा रहनेछ ।

त्यसैगरी, हेमन्त धामी, शेर मल्ल, आकाश त्रिपाठी र अरनिको प्रसाद यादवलाई टोलीबाट रिलिज गरिएको छ । यस परिवर्तनसँगै बोल्ट्सले आफ्नो टोलीलाई अझ बलियो बनाउनका लागि नयाँ रणनीति अपनाउने अनुमान गरिएको छ ।

रिटेन हुने खेलाडीहरूः

  • आसिफ शेख
  • अनिल कुमार शाह
  • ललित राजवंशी
  • रुपेश सिंह
  • किशोर महत्तो
  • शुभ कंशाकार
  • तुलबहादुर थापा

रिलिज हुने खेलाडीहरूः

  • हेमन्त धामी
  • शेर मल्ल
  • आकाश त्रिपाठी
  • अरनिको प्रसाद यादव
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =