सुनचाँदी व्यवसायीहरूले गरे सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंमा सोमबार सुनचाँदी व्यवसायीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र रत्न तथा हिरामा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग राखेका छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगायतका संघसंस्थाका अगुवाइमा भएको प्रदर्शनमा व्यवसायीहरूले ‘सरकार सुन दे, उच्च कर हटाउ’, ‘उपभोक्तामारा नियम चाहिँदैन’, ‘हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे’ जस्ता नारा लगाएका थिए ।

उनीहरूले सरकारसँग व्यवसायमैत्री नीति ल्याउन र स्पष्ट नियमावली बनाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =