बाफियामा व्यापक सुधारको खाँचो छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने चेतावनी दिएका छन् ।

बिहीवारको अर्थ समितिमा बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले विधेयकको गम्भीरतासाथ परिमार्जन गर्दै अन्तर्राष्ट्रिय प्रचलनअनुसार नयाँ कानूनी संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद कार्कीले भने, ‘बाफिया विधेयकको हतार हतारामा पास गर्दा परिणाम सकारात्मक नहुन सक्छ । यसलाई व्यापक रूपमा छलफल गरेर मात्र हामी अर्थतन्त्रलाई सुधार गर्न सक्छौं ।’

उनका अनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ र चामल जस्ता उत्पादनलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । कृषिमा कसरी लगानी गर्न सक्छौं भन्ने बारे सोच्नुपर्ने सांसद कार्कीले जोड दिए ।

सांसद कार्कीले बाफिया विधेयकमा व्यापक सुधार गरेर आर्थिक क्षेत्रलाई गति दिने कुरामा जोड दिए । ‘सस्तो स्तरका कृषक र स्टार्टअपलाई कर्जा दिने विषयमा पनि छलफल हुनुपर्छ,’ उनले थपे ।

उनले बाफिया विधेयकका छलफलमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसहितका प्रमुख निकायलाई सहभागी गरेर अवश्यक कार्यक्रम ल्याउनुपर्ने विचार पनि व्यक्त गरे । ‘बैंकमाथि जनताको भरोसा बढ्नुपर्छ, यदि यसमा ह्रास आयो भने राज्यको प्रणाली फेल हुन सक्छ,’ सांसद कार्कीले चेतावनी दिए ।

सांसद कार्कीले ऋणको पहुँच अहिले पनि जनतालाई सहज नहुने कुरा उठाउँदै भने, ‘अझै पनि जनतालाई बैंकबाट ऋण लिन गाह्रो छ । एक करोड भन्दा कमको ऋणको लागि पनि बैंकमा जानु पर्दा प्रक्रिया निकै जटिल र कठिन छ ।’

उनले धितोका नाममा जनतालाई अप्ठ्यारो पार्ने प्रवृत्तिको आलोचना गर्दै थपे, ‘धितो राखेर ऋण लिन पनि जनतालाई धेरै दुःख दिने काम भइरहेको छ ।’

सांसद कार्कीका अनुसार, जबसम्म व्यवसायी र उद्यमीहरूले बैंकबाट ऋण लिने वातावरण सृजना गर्दैनन्, तबसम्म अर्थतन्त्रमा सुधार सम्भव छैन । ‘जबसम्म उद्यमीहरूले ऋण नलिन्छन्, तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =