मलेसियालाई पराजित गर्दै नेपाल इस्ट जोन कपको फाइनलमा

काठमाडौं । नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको हो ।

नेपालले जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा परिमार्जन यादवले विस्फोटक ब्याटिङ गरे । उनले ३५ बलमा ५९ रनको शानदार अर्धशतकी पारि खेले ।

शिवांश बजगाईँले २२ बलमा २३ रन बनाए । ओपनर प्रसिद्ध जैसीले २ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुनुअघि मलेसियाले केवल ९० रनको सामान्य योगफल बनायो ।

उसका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । कप्तान डिज पार्तोले १० रन जोडे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । उनलाई शुभम खनालले ३ विकेट लिएर उत्कृष्ट साथ दिए । कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टको नाममा पनि एक–एक विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =