हुम्लाका आगलागी पीडितलाई डा.सुनिल शर्माद्वारा एक लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा आगलागी पीडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

उक्त आगलागीबाट ७ जना स्थानीय बासिन्दाका घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । पीडितहरूमा ३७ वर्षीय बिर्ख रावत, ४७ वर्षीया बाटुली फडेरा, ४३ वर्षीय लालकुमार फडेरा, ४४ वर्षीय पाले फडेरा, ४३ वर्षीया आशा फडेरा, २९ वर्षीय बिरजन फडेरा र ४२ वर्षीय धनबहादुर रावत रहेका छन् ।

बुधवार सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य रिता शाही, नेपाली कांग्रेस हुम्लाका पूर्व सभापति जयपति रोकाया, कांग्रेस कर्णाली प्रदेश सभापति मानदेव शाही, नेविसंघका केन्द्रीय सदस्य याङ्जोर कार्की लगायतको उपस्थिति रहेको थियो ।

डा. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले तलब–भत्ता नलिने घोषणा गरेका छन् । उनी देशका दुर्गम र पिछडिएको क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । साथै, उपचार सम्भव नभएका बिरामीहरूलाई काठमाडौंबाट नोबेल वा काठमाडौं मेडिकल कलेजमा ल्याएर निःशुल्क उपचारको व्यवस्था गर्ने कार्यमा पनि सक्रिय छन् ।

उनकै पहलमा मोरङस्थित नोबेल मेडिकल कलेजमा ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ, जसबाट उनका निर्वाचन क्षेत्रका जनता लाभान्वित हुँदै आएका छन् ।

डा. शर्माले हालै मात्र मोरङको बेलबारीमा एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन् । अहिलेसम्म उनले देशभर सात स्थानमा आफ्नै पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =