ग्रे–लिस्टबाट बाहिर निस्कन सुनमा कर लगाइएको हो : अर्थमन्त्री पौडेल
२०८२ असार १८ गते

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे–लिस्टबाट बाहिर निस्कन सुन कारोबारमा पारदर्शिता आवश्यक भएकाले विलासिता कर कायम गरिएको स्पष्ट पारेका छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यो कर नयाँ प्रस्ताव होइन भनेर प्रस्ट्याए । ‘१० लाखभन्दा माथिको सुन कारोबारमा पहिलेबाटै लाग्दै आएको विलासिता करको सीमा मात्र हटाइएको हो,’ उनले भने ।
उनले सुन कारोबार पारदर्शी बनाउन धनशोधन तथा आतंकवाद वित्तीयकरणविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘ग्रे–लिस्टबाट बाहिर निस्कन पनि हामीलाई सुनको कारोबार पारदर्शी बनाउनु जरूरी छ,’ मन्त्री पौडेलले भने ।
२०८२ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








