समाजवादीले सोध्यो रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीका सचिव सोमप्रसाद पाण्डेले तीन दिन भित्र जवाफ पठाउने गरी स्पष्टीकरण माग गरिएको जानकारी दिए । पार्टी सचिव पाण्डेले भने, ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ ।’

झाँक्रीले गत शनिवार सार्वजनिक अभिव्यक्तिमा नेतृत्व पुनर्गठनको माग राखेकी थिइन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा जोडिएको कारण पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएकी थिइन् ।

झाँक्रीले उक्त अभिव्यक्तिमा सिनो बोकेर अगाडि बढ्न नसकिने र पार्टीको नेतृत्वलाई परिमार्जन गर्नुपर्ने जनाएकी थिइन् । उनका यस्ता अभिव्यक्तिहरू पार्टीको अनुशासन विपरीत भएको जनाइएको छ ।

पार्टीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिन भित्र स्पष्टीकरण पठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =