दक्षिण कोरियाका शीर्ष अभियोजकले दिए राजीनामा

काठमाडौं । दक्षिण कोरियाका शीर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको करिब ९ महिनापछि राजीनामा दिएका छन् । महाअभियोजक शिम वू–जुङले राजीनामा दिएका हुन् ।

उनको अवकाश समारोह बुधवार आयोजना गरिने बताइएको छ । जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका राष्ट्रपति ली जे–म्युङले अभियोजन पक्षको अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिएर अभियोजन पक्षको शक्तिलाई विघटन गर्ने प्रतिवद्धता रेका छन् ।

कानूनअनुसार अभियोजकहरूलाई हाल केही गम्भीर अपराधहरूको अनुसन्धान गर्न अनुमति दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =