रास्वपा उपसभापतिको कम्पनीमाथि मानव तस्करीको आरोप, प्रहरीको निगरानीमा

काठमाडौं । जापानमा भिजिट भिसाको नाममा हजारौं नेपालीसँग अर्बौं रुपैयाँ असुली गरेको आरोपमा सुमिरे टुर एन्ड ट्राभल्स प्रहरीको निगरानीमा परेको छ ।

पछिल्लो समय प्रतिनिधिसभामा उठेको विषयसँगै मानव बेचबिखन अनुसन्धान ब्युरोले चासो देखाए पनि हालसम्म ठोस प्रमाण भने फेला नपरेको प्रहरी स्रोतले बतायो ।

कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा ट्राभल्समार्फत ठगी भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।

सो आरोपलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद (डीपी) अर्यालले कम्पनी आफूले चलाएको स्वीकार गर्दै आरोपहरू निराधार भएको जिकिर गरेका छन् ।

उक्त प्रकरणमा डीपी अर्यालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी समेत दर्ता भएको छ । सफल युवा अभियन्ता युवराज सफलले असार १५ गतेको संसद बैठकको आधारमा उजुरी दिएका हुन् ।

प्रहरीले अनुसन्धानलाई प्राथमिकता दिँदै आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =