एलिना र समीक्षाले भेटिन् गृहमन्त्री, मागिन् कानुनी सहयोग

काठमाडौँ । सामाजिक सञ्जालमा दुव्र्यवहारको सामना गरिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरी आवश्यक कानुनी सहायता माग गरेका छन् ।

मंगलबार गृह मन्त्रालय पुगेर उनीहरूले गृहमन्त्रीसँग भेटघाट गरेका हुन् । पछिल्लो समय चौहान र अधिकारीले आफूहरूमाथि सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज, चरित्र हत्या र मानसिक हिंसा भइरहेको भन्दै कानुनी संरक्षण माग गर्दै आएका छन् ।

गायिका चौहानले भेटपछिको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेकी छन्, ‘जब कुराहरू व्यक्तिगत जीवनमा आच पु¥याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।’ उनले थप लेखेकी छन्, ‘आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।’

चौहानले गृहमन्त्री रमेश लेखकलाई आवश्यक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै फ्यानको साथ र सद्भावनाले आफूलाई अझ अघि बढ्ने हिम्मत दिएको उल्लेख गरेकी छन् ।

यसअघि मंगलवार नै उनीहरू नेपाल प्रहरीको साइबर ब्युरो पुगेका थिए । चौहानले चार जना व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा हिंसात्मक, अभद्र र आपत्तिजनक व्यवहार गरेको उजुरी दिएकी हुन् । उनले आफ्नो निवेदनअनुसार छिटो कारबाहीको मागसमेत गरेकी छन् ।

दुवै गायिकाले सामाजिक सञ्जालमा जथाभाबी लेख्ने, अश्लील गालीगलौज गर्ने, चरित्र हत्या गर्ने कार्यप्रति आपत्ति जनाउँदै यस्ता गतिविधिमा संलग्नहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =