नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : पर्यटनमन्त्री पाण्डे (भिडिओ)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आज नेपाल एयरलाइन्सको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाल आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।

नेपाल एयरलाइन्सले पनि आर्थिक व्यावसायिक सफलता हात पार्न नसकेको उनले बताए । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरूले ध्यान दिनुपर्ने उनले बताए । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उनको भनाइ छ ।

यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रूपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताए । उनले पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =