‘बाहेक’ घुसाउने कार्य क्षमायोग्य छैन, सभापतिले जिम्मेवारी लिनैपर्छ : सूर्य थापा

काठमाडौं । संसदीय समितिले महिनौं लगाएर गरेको छलफल र निकालेको निष्कर्षलाई एउटै शब्दले निस्तेज पारिदिएपछि संघीय निजामती सेवा विधेयक गम्भीर विवादमा तानिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनमा नै नभएको ‘बाहेक’ शब्द रहस्यमय ढंगले थपेर प्रतिनिधि सभाबाट विधेयक पारित गराइएपछि यसले संसदीय प्रक्रिया, विधि र मर्यादामाथि नै गम्भीर प्रश्न उठाएको छ ।

यो घटना सार्वजनिक भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमार्फत यसको सम्पूर्ण जिम्मेवारी समितिका सभापतिले लिनुपर्ने माग गरेका छन् । उनले लेखेका छन्, ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो? राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ । यस्तो गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुन सक्दैन ।’

थापाले यसलाई ‘विधि र प्रक्रियाविपरीतको कुशासन’ को संज्ञा दिँदै सार्वभौम संसद्‌माथि भएको धोकाधडीको छानबिन हुनुपर्ने बताएका छन् । निजामती सेवामा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राख्ने विषयमा सुरुदेखि नै उच्चपदस्थ प्रशासकहरू असन्तुष्ट थिए । मुख्यसचिवदेखि सचिवहरूसम्मले यो प्रावधान हटाउन राजनीतिक र प्रशासनिक तहमा निरन्तर लबिइङ गरिरहेको चर्चा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =