समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एसीसी यू-१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले मलेसियाको क्वालालम्पुरमा टस जित्दै आफूले ब्याटिङ रोजेर भुटानलाई फिल्डिङको निम्तो दिएको हो ।

प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । प्रतियोगितामा नेपालले हालसम्म एकपछि अर्को सानदार जित निकालेको छ । आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानमाथि ९ विकेटको प्रभावशाली जित दर्ता गर्‍यो । इन्डोनेसियाविरुद्धको तेस्रो खेलमा भने नेपालले ४२१ रनको ऐतिहासिक तथा विशाल अन्तरको जित निकाल्यो ।

१० टोली सहभागी यस प्रतियोगिताको समूह ‘ए’ बाट नेपालसँगै सिङ्गापुर पनि सेमिफाइनलमा पुगिसकेको छ । चार खेलबाट ६ अङ्क जोडेको सिङ्गापुर समूह उपविजेता बनेको छ । यस्तै, समूह ‘बी’ बाट आयोजक मलेसिया र हङकङले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनलका खेलहरू यही बिहीबारदेखि सुरु हुनेछन् भने प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =