काठमाडौंको तिलगंगाबाट कटुवा पिस्तोलसहित दुई जना पक्राउ
२०८२ असार १६ गते

फाइल तस्बिर
काठमाडौं । काठमाडौंको तिलगंगाबाट कटुवा पिस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका २९ वर्षीय सुरेशकुमार राम र २६ वर्षीय दिनेशकुमार राम रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार काठमाडौं महानगरपालिका–८ तिलगंगामा हतियार लुकाइएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
‘उनीहरूले आफ्नो कोठामा लुकाइराखेको अवस्थामा एक थान कटुवा पिस्तोल, दुई थान म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, १५ थान ब्याट्री, एक थान खुकुरी र तीन थान मोबाइलसमेत बरामद गरिएको छ,’ एसपी बोहराले भने ।
काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी वृत्त गौशालाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ असार १६ गते
प्रतिक्रिया








