घनश्याम भुसालको आग्रह : पार्टीको धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्नू

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीको धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न पार्टी सदस्यहरूलाई आग्रह गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उक्त विज्ञप्तिमा उल्लेख छ ‘पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा जेठ २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ । यस परिस्थितिलाई कसरी सामना गर्ने भन्ने वारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ । तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ ।’

उनले आफ्ना धारणा राखे पार्टीमा विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख पनि अनुरोध गरेको छ ।

साथै कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =