सुमिरे टुर ट्राभल्सको निष्पक्ष छानबिन माग गर्दा तर्सिनुले ‘दालमा कुच काला है’ : रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अवैधानिक काम काम गरेर पार्टी किन्ने र सांसद भई सरकार र संसदलाई थर्काउने कुरा गलत भएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शनिवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूप्रति लक्षित गर्दै सांसद खतिवडाले सुमिरे टुर ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौँ रुपैयाँ ठगेको आरोप लगाएका थिए ।

साथै अनियमितता गरेर सांसद बनेर संसदमा आइ थर्काउने काम गरेको आरोप लगाए । जसको जवाफमा आइतबारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिए । सुमिरे टुर ट्राभल्स आफ्नो कम्पनी भएको बताएका थिए ।

उनले भने ‘उहाँका श्रीमती हुण्डी गर्ने, अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किन्ने, किनेर सांसद हुने र यहाँ आएर संसददेखि सरकारलाई थर्काउने कुरा गलत छ । यो गलत कामको छानबिन हुनुपर्छ भन्दा उहाँहरू आत्तिनुभएको छ । सरकारले छानबिनको प्रक्रिया अघि बढाउनुपर्छ । सुमेरि ट्राभल्समा उहाँहरुले गरेका गतिविधि के छन्, निष्पक्ष छानबिन होस् । छानबिन गर्नुपर्छ भन्दा आत्तिएको देख्दा दालमा कुच काला है ।’

उनले निष्पक्ष छानबिन गर्नुपर्छ भन्दा आत्तिनुले दालमा कुच कालो रहेको स्पष्ट हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =