नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य बनिरहेको छ : पूर्वसचिव थापा

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पनि धेरै विदेशी एयरलाइन्सहरूले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको पनि उल्लेख गरे ।

विदेशी एयरलाइन्सहरूले उडानको संख्या बढाउन चाहिरहेको सन्दर्भमा नेपालले उनीहरूलाई अझै सहुलियतहरूको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने बताए । नेपालको सिभिल एभिइशनको वल्र्डबाइड मार्केट छिमेकी देशहरू नै रहेको बताउँदै युरोपमा ब्ल्याक लिस्टमा परेर कुनै असर नहुने बताए ।

उनले भने ‘अहिले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेकै छ । धेरै विदेशी एयरलाइन्सहरू नेपालमा उडान भर्न चाहन्छन् । आइरहेका पनि छन् । उडानको संख्या बढाउन चाहन्छन् । त्यसले त हामीलाई केही फरक परेको छैन । अर्को कुरा हामी सिभिल एभिइशनको वल्र्डबाइड मार्केट हेर्दा पनि के देखिन्छ भने ज्यादा एभिएशनको मार्केट एशिया प्यासिफिक क्षेत्रमा नै छ । नेपाली एयरलाइन्सहरूलाई यो क्षेत्रमा अपरेट गर्न कुनै रोकटोक छैन । हाम्रो धेरै मार्केट भनेको ६ देखि सात घण्टाको डिस्टेन्समा छ । युरोपियन युनियनको ब्ल्याक लिस्टमा परेपनि कुनै समस्या छैन । क्यानको सेफ्टी अडिट र फंगसनमा सुधार गर्दा पनि ब्ल्याक लिस्टबाट हट्न सक्ने अवस्था छ ।’

उनले गैरसैनिक हवाई उडान ऐन, २०१५ रहेको तर अहिलेका विधेयकमा कतै उल्लेख भएको नपाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =