बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छ : विद्या भट्टराई

काठमाडौँ । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेकी छन् ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेकी हुन् ।

उनले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राखिन् । उनले विद्यालय कर्मचारीको सम्बन्धमा पनि स्पष्ट कार्यसम्पादनको क्षेत्र निर्धारण हुनुपर्ने बताइन् ।

उनले भनिन् ‘उहाँहरूको योग्यताको आधारमा उहाँहरूलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । यस्तो व्यवस्था गरेनौँ भने यो भार हुन्छ । यसतर्फ म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरूको योग्यतालाई कसरी उहाँहरूको योग्यतासँग जोड्ने भन्ने निष्कर्षमा हामी पुग्न सक्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =