काठमाडौंले गर्‍यो करणसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । काठमाडौंले शनिबार सामाजिक संजालमार्फत रिटेन र रिलिज खेलाडीको जानकारी दिएको‌ हो ।

काठमाडौंले मार्की र कप्तान करण केसीलाई रिटेनको पहिलो नम्बरमा राखेको छ । रिटेन हुने अन्य खेलाडीमा शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्की छन् । यसैगरी ६ खेलाडी रिलिज गरेको छ, जसमा सुमित महर्जन, कृश कार्की, कृष्ण कार्की, राजु रिजाल, शंकर राना र विवेक केसी छन् ।

लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =