बजेट कार्यान्वयनको विषय अर्थ मन्त्रालयको मात्रै होइन : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बताएका हुन् ।

उनले बजेट कार्यान्वयनको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरूको साझा जिम्मेवारी भएको बताए । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा गर्ने बताए । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताए । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरू, निर्देशिकाहरू आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भने ‘बजेट कार्यान्वयनको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरूको साझा जिम्मेवारी हो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा गर्नुपर्छ । त्यसरी नै सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रूपमा गरेर बजेट कार्यान्वयन गर्नुपर्छ । हामीले के कस्ता प्रबन्धहरू गर्दा बजेट कार्यान्वयन सहज ढङ्गले हुनसक्छ भन्नेमा यो बजेट केन्द्रित छ । हाम्रा बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरू, निर्देशिकाहरू आदि चिजलाई तदनुकुल नै अपडेट गर्दैछौँ ।’

अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =