नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताएका छन् ।
१९ औँ विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट पनि यस कुराको पुष्टि हुने उल्लेख गरे । उनले नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि रहेको बताए ।
महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरूको दर्शन पाएको बताए । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरूमा पाउन सकिने बताए । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको बताए ।
उनले भने ‘मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गम भूमि मात्र होइन, उर्वरा भूमि हो भन्नेकुरा सिद्ध हुन्छ । नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि र हो । महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरूमा पाउन सकिन्छ । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध हुन् ।’
राष्ट्रपति पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बनेको बताए । संस्कृत भाषालाई सीमाकरण गर्दा विस्तार हुनबाट रोकिएको बताए । संस्कृतमा रहेका पुँजी विश्वले खोजिरहेको बताए ।








