एकीकृत कृषि प्रणालीको महत्त्व बढ्दै गएको छ : रामनन्दन तिवारी

काठमाडौँ । पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्त्व बढ्दै गएको बताएका छन् ।

ललितपुरमा बिहीबार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्त्व बढ्न थालेको बताए । उनले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने रु भन्ने कुरा महत्त्वपूर्ण रहेको पनि बताए ।

उनले भने ‘एकीकृत कृषि प्रणालीको महत्त्व बढेको छ । रासायनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महँगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्त्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरू र सरकारले गर्न खोजेको काम पनि त्यही छ ।’

उनले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्त्वपूर्ण क्षेत्र बनेको बताए । कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवश्यक योजना बनाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =