सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात वटा उजुरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावित सदस्यहरूमाथि ७ वटा उजुरी परेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिएको जानकारी दिइन् ।

सातै जना उजुरीकर्ताहरूलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताइन् । त्यस्तै १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको बताइन् ।

उनले भनिन् ‘१३ गतेको बैठकमा उजुरीकर्ताहरूलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषद्मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरूलाई बोलाएर उहाँहरूका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ । त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ ।’

न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् । अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन् । प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सदस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरूलाई वितरण समेत गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =