एमपिए परीक्षा दिन नक्कली परीक्षार्थी बनेर गएका युवक पक्राउ

काठमाडौं । काठमाडौँको बल्खुस्थित जनप्रशासन क्याम्पसमा नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिन गएका एक युवक पक्राउ परेका छन् ।

जुम्लाको चन्दनाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया जनप्रशासन विषयमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षा दिन गएका थिए । परीक्षा केन्द्रमा शंका लागेपछि क्याम्पस प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले केशवलाई पक्राउ गरी शिक्षासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनी मंगलबारको विषयको परीक्षा दिन गएका बेला रंगेहात पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =