प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गरे । उनले प्रहरीले राम्रो काम गरे जनताहरूले सरकारको कामलाई पनि राम्रोसँग लिने बताए । तर प्रहरीको विगतको अनुभवहरू नेतृत्वमा राम्रो रहे पनि तल्लो स्तरमा राम्रो नरहेको बताए ।

फिल्डमा तीता अनुभवहरू रहेकाले यसलाई रोक्ने उपायहरूसहित नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाउनुपर्ने बताए ।

अध्यक्ष दाहालले भने ‘लोकतन्त्रलाई सुदृढ गर्ने र जनतालाई सेवा प्रदान गर्ने कुरा नै हो । प्रहरीकै र शान्ति सुरक्षाकै कुरा गर्दा जनताले पहिला हेर्ने सरकारको अनुहार प्रहरीबाटै हो । त्यो कुरा पनि आयो । हाम्रो त्यति राम्रो अनुभव छैन । माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा त ठिकठिकै देखिन्छ । तल फिल्डमा जाँदाका अनुभवहरू धेरै तीता अनुभवहरू छन् । त्यसलाई रोक्ने के उपाय हुनसक्छ भनेर यसलाई परिमार्जन गर्नुपर्छ ।’

अध्यक्ष दाहालले गणतन्त्रलाई सुधार गर्ने आधारका रुपमा बहसलाई अघि बढाउनुपर्ने बताए । समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =