बजेट नआएपछि तर्जुमा समितिले मेयर बालेनलाई गरायो ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०) मा नै बजेट ल्याउन सकेन ।

निर्धारित समयमा नै बजेट ल्याउन नसकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन) लाई ध्यानाकर्षण गराएको छ ।

समितिले आज औपचारिकरुपमा मेयर शाहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराएको हो ।

मेयर शाहले महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटक पटक दबाब दिँदा पनि बजेट ल्याउने विषयलाई बेवास्ता गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =